गोरखा समाचारदाता
चितवन – चितवन प्रहरी प्रमुखमा नान्तिराज गुरुङ्गलाई सरुवा गरीएको छ । प्रहरी उपरिक्षक गंगा पन्तलाई भने पर्साको जिम्मेवारी दिईएको छ ।
विगतमा चितवन प्रहरीमा कार्यरत दानबहादु मल्लका कारण निकै विवादमा आएको चितवन प्रहरी प्रमुखमा गु्रुङ्गलाई काज सरुवा गरीएको हो भने पन्तलाई पर्साको जिम्मेवारी सम्हाल्ने गरी सरुवा गरीएको हो ।
प्रहरी प्रधान कार्यालयले गुरुङ्गलाई चितवन र पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । उता पर्साका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसर सरुवा गरिएको छ ।


