गोरखा समाचारदाता
नवलपुर – नवलपुरको दाउन्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा परी १ जनाको ज्यान गएको छ ।
मंगलबार बिहान बिनयी त्रिवेणी गाउँपालिका २ को दाउन्ने स्थित भित्री सडक खण्डमा दाउन्नेबाट गुम्बातर्फ जादै गरेको ना. ३ त ९१६२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ १ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा सोही ट्याक्टरका चालक प्रेमबहादुर लामा रहेको दुम्कीबास प्रहरीले जानकारी दिएको छ ।
बालुवा लिएर गुम्बा तर्फ जादै गरेको ट्याक्टर एक्कासी डाला र ईन्जिनको भाग छुट्टिएर ईन्जिनको भागले च्याप्दा चालक लामाको घटना स्थलमा नै ज्यान गएको नवलपुर प्रहरीले जानकारी दिएको हो ।


