गोरखा समाचारदाता
आँबुखैरेनी – मंगलबार बिहान तनहुँको आँबुखैरेनीको नारीघाटमा बस र माईक्रो एक आपसमा ठक्कर खादा ११ जना घाईते भएका छन ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका २ को नारी घाटमा आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ना. ४ ख ६३५७ नम्बरको बस र डुम्रेबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा. ३ ख ४२०१ नम्बरको माईक्रो एक आपसमा ठोकिदा ११ जना घाईते भएका हुन ।
उत्त घटनामा परी माईक्रोमा सवार ७ जना र बसमा सवार ४ जना घाईते भएको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाईतेहुने हरुको नामावली
माईक्रोमा सवार
१) जिल्ला गोरखा पालुङटार बस्ने वर्ष ४० की मधु थापा, अवस्था मध्यमम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
२) जिल्ला सप्तरी अग्निसाही गाउँपालिका(६ बस्ने वर्ष ३२ को अर्जुन गौतम, अवस्था मध्यम, बि।एन।बि अस्पताल काठमाण्डौ रिफर ।
३) जिल्ला लम्जुङ राईनस नगरपालिका(१ बस्ने वर्ष ६९ को गम बहादुर अधिकारी, अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
४) जिल्ला सिन्धुपाल्चोक मेलम्ची बस्ने वर्ष ३० को दिल बहादुर तामाङ, मध्यम पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
५) माईक्रो चालक जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका(४ बस्ने वर्ष ३५ को विश्वधोज थापा, अवस्था सिरियस पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
६) जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका बस्ने वर्ष ६० कि लक्ष्मि कायस्थ, अवस्था सिरियस, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
७) जिल्ला ओखलढुङगा बल्खु बस्ने वर्ष ३८ को होम बहादुर खत्री, मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
बसमा सवार
१) जिल्ला ललितपुर पाटन(२ बस्ने वर्ष २७ की रुपा महर्जन, अवस्था सामान्य, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
२) जिल्ला पाल्पा तानसेन नगरपालिका(१३ बस्ने वर्ष ७० को दुरदिन मियाँ, अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
३) ऐ.ऐ. बस्ने वर्ष ६५की गगुली मियाँ अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
४) जिल्ला लम्जुङ बस्ने वर्ष ३८ की साईरा मियाँ, अवस्था मध्यम पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै।


