गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाईसरले आक्रान्त चीनबाट लसुन आयात रोकिएसँगै भाउमा उच्च बृद्वि हुन थालेको छ । राजधानीको बजारमा अहिले लसुनको भाउ झण्डै तीन गुणाले महँगो भएको छ ।
केही दिन अघी मात्र प्रति किलोको २४५ रुपैयाँ रहेको लसुनको भाउ बढेर ६०० रुपैयाँ सम्म पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार मंगलबार बिहान लसुनका भाउ प्रति केजी ६०० रुपैयाँमा बिक्री हुन थालेको छ ।
आयात ठप्प भएको र स्टक पनि सकिन लागेकोले केही दिन भित्रै नेपाली बजारमा लसुनको अभाव हुने समितिले जानकारी दिएको छ । नेपालले बर्सेनि करोडौँ रुपैयाँको लसुन चीनबाट आयात गर्दै आएको छ ।



