गोरखा समाचारदाता
अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका छन् । वडाध्यक्ष धामीको मृक्त शरिर मंगलबार बिहान भेटिएको हो ।
आफन्त र स्थानीयले धामीको हत्या भएको हुन सक्ने भन्दै प्रहरीलाई अनुसन्धानका लागि दवाव दिएका छन् ।
प्रहरी घटना स्थलमा पुगि सकेको छ । घटना के कसरी भयो भन्ने विषय अनुसन्धान पछि मात्र थाहा लाग्ने अछाम प्रहरीले जानकारी दिएको छ ।


