- ११ तस्विरमा बिशाल अस्पताल
चीनले कोरोना भाइरस प्रभावित हुबेई प्रान्तमा १० दिनमा एक विशाल अस्पताल बनाएको छ । होसेसन नामक अस्पताल आइतबार निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको छ । यो अस्पताल कोरोनाभाइरसका बिरामीहरुका लागि नै तयार पारिएको हो ।
यो अस्पतालमा सशस्त्र समूहबाट १४ सय स्वास्थ्यकर्मीहरुले आज सोमबारबाट काम थालेका छन् । यीनमा चिनियाँ जनमुक्ति सेनाका ९५० स्वास्थ्यकर्मी छन् । ४५० जना चिकित्सा शिक्षा विश्वविद्यालय, वायु सेना, जलसेना आदिबाट गएका छन् । वुहान सहरमा कोरोनाको महामारी सुरु भएपछि उनीहरुलाई त्यहाँ पठाइएको थियो ।
सन् २००३ मा सार्सविरुद्धको उपचार विधिमै आधारित भएर यसपटक पनि वुआनमा अस्पतालका लागि दुई वटा भवन तयार पारिएको छ । यी अस्पतालको नाम लेइसेन्शन र होशेन्सशन राखिएको छ । २१ जनवरीमा १ हजार बेडको अस्पताल निर्माण सुरु गरिएको थियो । जुन फेब्रुअरी १ मा तयार भयो ।






























