गोरखा समाचारदाता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अब कुनै पनि कार्यक्रम आयोजना गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो नराख्ने भएको छ ।
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि अध्यक्षको फोटो नराख्ने निर्णय भएको सुनाएका हुन् ।
जारी केन्द्रीय कमिटीको बैठकमा २ जना नेताको फोटो राखिएपछि चर्को आलोचना भएको थियो ।


