गोरखा समाचारदाता
काठमाण्डौं – निकै विवादमा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ बाट ‘पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने’ सम्बन्धी प्रावधान हटाउने सहमति भएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा र ‘पत्रकारले लाइसेन्स लिनुपर्छ’ भनेर विधेयकमा संशोधन हाल्ने सांसदबीच सहमति जुटे पछि अब पत्रकार बन्न चाहनेले परिक्षा दिन नपर्ने भएको छ । सहमतिकै लागि आइतबार मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ ।
साता दिन अगाडी मात्र विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने प्रावधान राख्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको थियो ।
मन्त्रीको बोली फेरिको आरोप !
नेपाल मिडिया काउन्सिल विधेयक २०७६ मा पत्रकारले परिक्षा दिएर लाईसेन्स लिनुपर्ने प्रावधानका लागि संशोधन प्रस्ताव राखेका साँसदहरुले मन्त्रिले बोलि फेरेको आरोप लगाएका छन । सत्तारुढ नेकपाका १३ र राष्ट्रिपतिबाट मनोनित विमला पौडेलले विधायन समितिमा संशोधन हालेर पत्रकारले लाइसेन्स लिनुपर्ने निर्णय गराएका थिए । समितिमा निर्णय गर्ने क्रममा सञ्चारमन्त्री ले भनेका थिए, पत्रकारले लाइसेन्स लिनुपर्ने र अन्य व्यवस्था तोकिए बमोजिम हुने भनेर जाऔं ।
यसो गर्दा पत्रकारले लाइसेन्स लिनुपर्ने हुन्छ तर, लाइसेन्स लिएकाले मात्रै व्यावसायिक पत्रकारिता गर्न पाउने भन्ने हुँदैन । यसो हुँदा सबैको भावना सम्बोधन हुन्छ ।’ मन्त्रीको प्रस्तावमा सहमति जनाउँदै समिति सभापतिले यसैगरी जाऔं भन्दै विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।
तर मन्त्री बास्कोटा पत्रकारले लाइसेन्स लिनुपर्ने समितिको निर्णयको पक्षमा उभिएनन् । सञ्चारमन्त्री आफैंले यो व्यवस्था हटाउने सहमति गरेपछि संशोधनकर्ता र नेकपाका सांसदहरु यसबारे पार्टीको निर्देशनको पखाइमा छन् ।


