गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्ने ठाउँ खोजिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ, ललितपुर र भक्तपुरमा सम्भाव्य ठाउँको खोजी भई रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रमा चिनबाट फर्काएका नेपालीहरुलाई राख्ने गरी छलफल भई रहेको छ ।
कोरोना भाईरस प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई उत्त स्थानमा कम्तीमा पनि १५ दिन राखी भाइरसको संक्रमण नरहेको प्रमाणित भएपछि परिवारको जिम्मा लगाउने तयारी सरकारले गरी रहेको छ ।


