×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बेलायतको रश्मोर र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध

  •  
  • आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – बेलायतको रश्मोर बरो काउन्सिल र गोरखाको गोरखा नगरपालिका बीचमा भगिनी सम्बन्ध कायम भएको छ ।

    बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाको मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरद्वारा रसमोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको उल्लेख गरीएको छ । यसैगरि दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।

    सम्झौता भएको भोली पल्ट खुशियालीमा लन्डनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा रश्मुर बरोका काउन्सिलर डेभिड क्लिफोर्ड, गोर्खा नगरपालिकाका मेयर राजनराज पन्त, उप मेयर फ्र्यांक रोस्ट लगायतका स्वदेशी एवं विदेशी विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बेलायतका लागी नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दुवै मेयरलाई बधाई दिँदै यो सम्बन्धले दुवै पक्षबीच सांस्कृतिक, पर्यटन, शिक्षा तथा व्यापारका क्षेत्रमा थप सहयोग पुग्ने आशा व्यक्त गरे । राजदूत सुवेदीले नेपाल देश गरिब भएपनि प्रकृति र संस्कृति जस्ता कुरामा विश्वकै धनी देश भएको भन्दै नेपाल पर्वतारोहण, ट्रेकिङ लगायत पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरेका थिए ।

    कार्यक्रममा गोर्खा नगरपालिकाका मेयर राजनराज पन्तले भगिनी सम्बन्धबारे प्रष्ट पार्दै नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई सफल पार्न आफूहरुले शुरु गरेको ‘गोर्खा भिजिट’ को बारेमा जानकारी गराएका थिए । पन्तले भगिनी सम्बन्धले नगर क्षेत्रको आर्थिक, भौतिक, साँस्कृतिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । भ्रमणको लागि गोर्खा अत्यन्त रमणीय भएकोले एकपटक गोर्खा घुम्नको लागि सबैमा अनुरोध गरेका थिए ।

    कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले गोरखा जिल्लाको भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सौन्दर्यबारे वृत्तचित्र प्रस्तुत पार्दै गोरखामा क्रिश्चियनहरुको चर्च र मुस्लिमहरुको मस्जिद समेत रहेको जानकारी गराएकी थिइन् ।

    बेलायतको रश्मोर बरो काउन्सिलमा अहिले सम्मकै धेरै नेपालीहरुको बसोवास रहेको स्थान हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.