गोरखा समाचारदाता
काठमाण्डौं – संघिय राजधानी काठमाण्डौंको कलङ्कीको खसी बजारमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा १ जनाको ज्यान गएको छ ।
ट्राफिक प्रहरीले जाँचका लागि रोकेको बा. ४ ख ३६६९ नम्बरको टिप्परमा बा. ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको हो । ठोकिएर घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
घटना शनिबार राति १० बजे भएको कलकी प्रहरीले जनाएको छ ।




















