गोरखा समाचारदाता
पर्वत – पर्वतमा लागूऔषध र हतियार सहित १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा पर्वत प्रहरीले मोदी गाउँपालिका १ भुकताङले झिल्लीबरयाङ निवासी ३० बर्षिय मुक्तबहादुुर आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले मगरको साथबाछ गाँजा, चरेश र १ थान बन्दुक नियन्त्रणमा लिएको छ । भुकताङले झिल्लीबरयाङ क्षेत्रमा लागूऔषध ओसार पसार तथा बिक्री भई रहेको भन्ने सूचनाको आधारमा पर्वत प्रहरीको विशेष टोलीले मगरको घरमा खानतलासी गर्दा बोराभित्र लुकाई राखेको १ किलो ३०० ग्राम गाँजा, ५० ग्राम चरेश र १२ बोरको एकनाले बन्दुक सहित मगरलाई नियन्त्रणमा लिएको पर्वत प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएका मगरलाई लागूऔषध सम्वन्धी कसुर र हात हतियार तथा खरखजाना मुद्वामा एकिकृत मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।




















