- कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्ने पहिलो अस्पताल
गोरखा समाचारदाता
चीनले कोरोना भाइरसको उपचार गर्ने गरी १ हजार बेडको नयाँ अस्पताल सञ्चालनमा ल्याएको छ । यो अस्पताल कोरोना भाइरसबाट संक्रमितहरुको मात्रै उपचार गर्ने विश्वकै पहिलो अस्पताल बनेको छ ।
वुहान शहर नजिकै रहेको खाली भवनलाई मजदुर तथा र स्वयंसेवकहरुले २ दिन (४८ घण्टा) भित्र अस्पतालमा रुपान्तरण गरिदिएपछि कोरोना भाइरस संक्रमित विरामीलाई त्यहाँ सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
स्थानीय सञ्चारमाधयमका अनुसार दावेइ माउन्टेन मेडिकल सेन्टर नाम दिइएको उक्त नयाँ अस्पतालमा विरामीहरु स्थानान्तरण गरिएको छ ।
त्यसो त सो भवन पनि अस्पतालकै लागि तयार गरिदै थियो । ह्वाङगाउ जिल्लामा रहेको ह्वाङगाङ सेन्ट्रल हस्पिटलले आफ्नो शाखा अस्पताल विस्तार गर्न बनाएको भवनलाई अधिकारीहरुले आकस्मिक रुपमा कोरोना भाइरसको संक्रमणमा परेका विरामीहरुको मात्रै उपचार गर्ने छुट्टै अस्पतालमा रुपान्तरण गरिदिएका हुन् ।
खाली भवन शुक्रबार मात्रै तयार भएको थियो । आगामी मे महिनाबाट त्यहाँ ह्वाङगाङ सेन्ट्रल हस्पिटलको शाखा सञ्चालन हुँदै थियो तर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि सो भवनलाई ४८ घण्टा भित्र अत्याधुनिक नयाँ अस्पतालको रुपमा सञ्चालनमा ल्याइयो । अव त्यहाँ कोरोना भाइरसको विरामीको मात्रै उपचार गरिने छ,’ सरकारी अधिकारीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
ह्वाङगाङका सरकारी अधिकारीहरुका अनुसार सोमबार र मंगलबार दुई दिन भित्र खाली भवनलाई अस्पतालको रुपमा रुपान्तरण गरिएको हो । सोमबार स्वयंसेवीहरुले अस्पतालका लागि चाहिने सबै बेडको सेटअप गरिदिए । सोही दिन भवनका पानी, बिजुली र इन्टरनेट जडान गरियो ।
दुई दिनमा अस्पताल तयार गर्ने प्रतिवद्धता पुरा गर्न ५०० बढी कामदार र दर्जनौँ ठूला साधानहरुले दिन रात काम गरेका थिए ।
वुहान शहर भन्दा ७५ किलोमिटर दक्षिण पश्चिममा रहेको ह्वाङगाङ शहर कोरोना भाइरसको अति प्रभावित क्षेत्रमा पर्दछ । यो शहरलाई पनि वुहान शहरलाई जस्तै गत विहीबारबाट बन्द गरिएको छ ।
एजेन्सीको सहयोगमा


