गोरखा समाचारदाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्यादित ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘हामी ससाना कुराहरुमा अल्झिने उपयुक्त हुँदैन हामी अलिकति विलम्ब भइसकेका छौँ । सभामुख चयनमा पनि हामी विलम्ब भयौँ । अब हामीले बिलम्ब गर्नु हुँदैन ।हाम्रा कामहरुलाई हरेक ठाउँबाट तीव्र गतिमा अगाडी बढाउन जरुरी छ । नत्र हामी वास्तवमै पछाडी पर्छौँ ।’
थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने भन्दै उनले अघि भने, धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्रीको कार्यकाल गुजार्दै आएको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी जस्ता कुराहरु पारित गर्नु पर्नेछ । यस्ता अनेक विषयहरु हाम्रा अगाडी छन् । जसको सम्बन्धमा सविस्तार पछि भन्नेछु।’




















