गोरखा समाचारदाता
पोखरा – कुर्लुङ्गखोला खानेपानी तथा सरसफाई आयोजना पोखरा ३१ पचभैयामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । नरनारायण थापाको अध्यक्षतामा ९ सदस्यीय समिति शनिवार गठन भएको हो ।
समितिको उपाध्यक्षमा दयासागर अधिकारी , सचिव निमा थापा मगर , कोषाध्यक्ष बिन्दु परीयार रहेका छन् । त्यस्तै सदस्यहरुमा तारामणि घिमिरे , रमेश न्यौपाने, दिपक अधिकारी, चिनबहादुर मिजार, सन्तोष गुरुङ्ग र कृष्णबन्धु खनाल चयन भएका हुन् । नरनारायण थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका छन ।
निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक द्रोणराज अधिकारीले एक कार्यक्रमका बिच गोपनियताको सपथ र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष थापाले आयोजना क्षेत्रका बासीन्दालाई खानेपानीको निरन्तर उपलब्धतामा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कानुनी अधिकृत राममणी अधिकारी, नेकपा वडा ३१ अध्यक्ष गणेशबहादुर थापा, नेपाली कांग्रेसका वडा शभापति धु्रवराज अधिकारी, स्थानीय समाजसेवी दामोदरभक्त थापा, आयोजनाका व्यवस्थापक हरीप्रसाद घिमिरे लगायतले नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका थिए ।




















