गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा २ दिनमा २ जनाको ज्यान गएको छ ।
सोमबार सदरमुकामको मानेपानी क्षेत्रमा एक युवकको मृक्त शरिर फेला परेको थियो भने मंगलबार सदरमुकामको ठिगुरेश्वारा क्षेत्रमा अर्को युवकको मृक्त शरिर फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार सोमबार गोरखा नगरपालिका ५ को मानेपानी स्थित भित्री बाटोमा स्थानिय ५० बर्षिय नारायण बानियाँ मृक्त अवस्थामा फेला परेको थियो ।
उत्त घटनाको अनुसन्धान सकिन नपाउदै मंगलबार पुनः गोरखा नगरपालिका ९ को ठिगुरेश्वारा क्षेत्रमा रहेको सल्यानधाराको भिरमा गोरखा जिल्ला शहिद लखन गाउपालिका ७ साविक बुंकोट खाब्दी गाउँका ४७ बर्षिइ काजीराम थापाको मृक्त शरिर फेला परेको सूचना अधिकारी बासुदेव खत्रीवडाले जानकारी दिए ।
गोरखा बुंकोट घर भई केही बर्ष देखी राजधानीको मैह्पी बस्दै आएका थापा वुवाको श्राद्व गर्न भनि हप्ता दिन अगाडी गोरखा आए पछि सम्र्पक विहिन भएका थिए । परिवारले जिप्रका गोरखामा थापाको खोजतलास गरीपाऊ भनि निवदेदन समेत दर्ता गराएको सूचना अधिकारी खत्रीवडाले बताए ।
सल्यानधारा क्षेत्रमा स्थानियले घाँस काट भिरमा जादाँ लडी मृक्त अवस्थामा शरिर देखी प्रहरीलाई खबर गरेका थिए । थापाको हत्या वा आफै मृत्यु भएको भन्ने बिषयमा अनुसन्धान पछि मात्र थाहा लाग्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रारम्भीक अनुसन्धानमा थापा भिरबाट लडेर मृत्यु भएको सूचना अधिकारी बासुदेव खत्रीवडाले बताए । थापाको मृक्त शरिर अहिले पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । मृक्तकको दाजु र छिमेकी सम्र्पकमा आएको र श्रीमती र छोरी राजधानीबाट गोरखा तर्फ आउदै गरेको प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


