गोरखा समाचारदाता
पोखरा – पोखराको एयरपोर्टमा केही थान गोली सहित १ जना यूवक पक्राउ परेको छ ।
पोखरा महानगरपालिका ७ स्थित बिमान स्थलको यती एयरबाट राजधानी जान लागेका पोखरा महानगरपालिका २७ रिठेपानीका ४० बर्षिय जितु शाहीलाई २९ थान गोली सहित प्रहरीले पक्राउ गरेको हो ।
शाहीले बोेकेको झोला एक्सरे मेशिनमा चेकजाँचका क्रममा २२ बोर राइफलमा प्रयोग हुने २९ थान गोली देखिए पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहीले उत्त गोली के कती प्रयोजनका लागि लान वा कहाँबाट ल्याएको भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।


