गोरखा समाचारदाता
काठमाण्डौं – लामो समय सम्म विवादीत बनेको मिडिया काउन्सिल विधेक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित गरिको छ।
समितिको सोमबार बसेको बैठकले सहमतिमै विधेयक टुंग्याएको थियो । विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हट्ने संगै अब पत्रकार बन्न चाहनेहरुले पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने प्रावधान राखिएको छ।
विधेयकमा पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुनेछ ।
हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारहरूको हकमा यो व्यवस्था लागू हुने छैन ।


