गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा अर्को एक जना व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
यो सहित अब नेपालमा २ जनामा यसको संक्रमण भएको भेटिएको हो । यस अघि चाईनामा अध्ययन गरेर फर्किएका एक जना व्यक्तिमा संक्रमण भएको पुष्टि भएको थियो ।
संक्रमण भएका दुवै जना चीनबाट नेपाल फर्केका हुन् ।
चीनबाट फर्कने क्रममा विमानस्थलबाटै आइतबार अस्पताल ल्याइएका २ जनामध्ये एक जनामा यसको संक्रमण भएको पुष्टि भएको हो । अस्पतालले दुवै जनाको रगतको नमूना हङकङ पठाएको थियो । परीक्षणपश्चात एक जनामा यसको संक्रमण भएको भेटिएको पुष्टि भएको अस्पतालले जनाएको छ ।




















