गोरखा समाचारदाता
पोखरा – साँसद राजीव गुरुङ्ग ‘दीपक मनाङ्गे’ धरौटीमा रिहा भएको छ ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि सार्वजनिक कार्यक्रममा नै हातपात गरेको आरोपमा पक्राउ परेका गुरुङ आज (आइतबार) रिहा भएको हो ।
गुरुङ्ग पक्राउ गरे संगै सार्वजनिक मुद्वामा जिल्ला प्रशासन कार्यालय कास्कीले गुरुङलाई ६ हजार धरौटीमा रिहा गरेको हो । सरकारी वकिलको कार्यालयमा गुरुङसँग आजै बयान लिइएको थियो ।
मनाङ्गेले आफूलाई कुटपिट गरेको भन्दै अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेर सार्वजनिक मुद्वा दर्ता गरेको थियो ।
रिहा भएपछि प्रतिक्रिया दिँदै साँसद मनाङ्गेले मिलन गुरुङ विरुद्ध आफू सफल भएको बताए ।


