गोरखा समाचारदाता
काठमाण्डौं – भारतमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पश्चिमी, मध्य र पूर्वी भागका केही भेगमा मौसम बदली हुने भएको छ ।
मौसमी प्रणालीले अहिले देशको पूर्व र मध्य भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वत बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली भई रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मौषममा बदलीसँगै देशका मध्य र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। सोमबार विहान र दिउसो मौषममा सुधार आए पनि साँझतिर बाट पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले केही दिन मौसममा उचारचढाव हुने महाशाखाले जानकारी गराएको छ।
देशका पश्चिम, मध्य र पूर्वी तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि अपराह्नदेखि कुहिरो हटिसकेको छ ।




















