गोरखा समाचारदाता
काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।
सत्तारुढ नेकपाका उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्ती सर्मथन गरेका थिए ।
सभामुखमा सापकोटाको एकमात्र प्रस्ताव परेकाले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले उनलाई निर्विरोध सभामुख भएको घोषणा गरेका थिए ।
प्रतितिधिसभाको अर्को बैठक माघ १४ गतेका लागि बोलाइएको छ ।




















