गोरखा समाचारदाता
सिन्धुली – सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो भने १० जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बा. ४ ख ६९६ नम्बरको माइक्रो दुर्घटना हुँदा चालक काठमाडौंका मोहन महर्जनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


