गोरखा समाचारदाता
नवलपुर – नवलपुरको त्रिवेणीमा बसको ठक्करबाट भारतिय नागरिकको ज्यान गएको छ ।
विनय त्रिवेणी गाउँपालिका ७ को साईफन चोकको भित्री खण्डमा बसले ठक्कर दिदाँ भारतिय नागरिकको ज्यान गएको हो ।
त्रिवेणी घाटबाट बर्दघाट तर्फ आउदै गरेको लु. १ ख ७४८४ नम्बरको बसले ठक्कर दिदा भारत बिहार मधुवन जिल्लाका धरम माझको ज्यान गएको हो । माझीको घटना स्थलमा ज्यान गएको नवलपुर प्रहरीले जाकारी दिएको छ ।
घटनामा संलग्न चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


