गोरखा समाचारदाता
काठमाडौं – नेपालमा पनि कोरोना भाइरसको संक्रमीत भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चीनको वुहान प्रान्तमा फैलिएको नोबल कोरोना भाइरसले भयावह रुप लिन थालेको छ । कोरोनाको संक्रमण थाइल्याण्ड, दक्षिण कोरिया, जापान, ताइवान र अमेरिकाका समेत देखिएको छ । यो भाइरसको जोखिम नेपालमा पनि उत्तिकै छ । के हो त कोरोना भाइरस रु
नोबल कोरोना भाइरस जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । तर हाल चीनमा देखा परेको कोरोना भाइरस मानिसबाट मानिसमा समेत सर्ने पुष्टी भएको छ । यो भाइरस अन्य कुनै भाइरस संग नमिल्ने भएकाले यसलाई नोबल कोरोना भनिएको हो ।


