गोरखा समाचारदाता
काठमाण्डौ – राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २ सिटमा भागबण्डा गरेको नेकपाले भने १६ जना उम्मेदवार नै विजयी भएका छन् ।
कुन प्रदेशमा कस्ले जित हात पारयो त ?
प्रदेश १
महिला – इन्दु गौतम
दलित – गोपी अछामी
अन्य – देवेन्द्र दाहाल
प्रदेश २
महिला – तुलसा दाहाल
दलित – राधेश्याम पासवान
राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह
प्रदेश ३
महिला – गङ्गा बेलबासे
अन्य – वेदुराम भुसाल
गण्डकी प्रदेश
अन्य – नारायणकाजी श्रेष्ठ
महिला – भगवती न्यौपाने
प्रदश ५
महिला – विमला घिमिरे
अपाङ्ग तथा अल्पसङ्ख्यक – जगप्रसाद शर्मा
अन्य – गोपाल भट्टराई
प्रदेश ६
महिला – सुनिता बिसी
अन्य – मायाप्रसाद शर्मा
सुदूरपश्चिम प्रदेश
महिला – शारदा भट्ट
अन्य – तारामान स्वाँर
मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय सभामा प्रदेश १ बाट ३ जना, प्रदेश २ बाट ४ जना, वागमती प्रदेशबाट २ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ३ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना गरी कुल १८ जना छानिएका हुन् ।
कुन दलबाट को बाहिरिए
पहिलो २ वर्षको कार्यकाल पूरा गरेर बाहिरिनेमा सत्तारुढ नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ ।
यस्तै कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा बाहिरिनुभएको छ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान पनि बाहिरिनु भएको छ ।
राष्ट्रिय सभा सदस्यको पहिलो पटक एक तिहाई सदस्यको पदावधि २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकी एक तिहाईको ६ वर्ष हुने व्यवस्था छ ।
राष्ट्रपतिबाट मनोनित हुनुभएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पनि यही अवधिमा सकिँदै छ । तर खतिवडालाई फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ ।


