×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

के हो कोरोना भाइरस ? कसरी बच्ने ?

  •  
  • शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी

    काठमाडौं – पछिल्लो केही दिनयता विश्वभर फैलिएको कोरोना भाइरसले चिन्ता बढाएको छ । चीनको हपेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक यो भाइरस फेला परेको थियो । तर अहिले यो भाइरस दक्षिण कोरिया, थाइल्यान्डदेखि अमेरिकासम्म फैलिसकेको छ ।

    त्यसैले त्यसबाट सतर्क रहनु जरुरी रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो भाइरसको विषयमा आपत्कालीन बैठक बोलाइसकेको छ ।

    बिहीवारसम्ममा यो भाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगिसकेको छ । साथै, करीब ५०० मानिसको यो भाइरसको संक्रमण देखिएको छ ।
    आउनुहोस कोरोना भाइरससम्बन्धी केही जानकारी लिऊ

    १) के हो कोरोना भाइरस ?

    कोरोना भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो । यो भाइरस चिसोको कारण लाग्छ । यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ । सबै कोरोना भाइरस खतरानक हुँदैनन् । सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो ।

    सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८५८ जनाको ज्यान गएको थियो ।

    त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो । यो भाइरसबाट ७७४ जनाको ज्यान गएको थियो ।

    अहिले चीनमा पाइएको कोरोना भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो । यो भाइरस पनि खतरानक प्रकार मध्येकै हो । यो भाइरस कहाँबाट आएको हो भन्ने खुलेको छैन ।

    यसले मानिस र जनावर दुवैलाई आक्रमण गर्न सक्छ । अहिले चीनमा देखिएको यो भाइरस पनि जनावरबाट नै मानिसमा सरेको अनुमान गरिएको छ । पछिल्लो एक अध्ययनले यो भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने देखाएको छ ।

    २) लक्षण

    यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन् । रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो ।

    ३) कसरी सर्छ त यो रोग

    यो भाइरस पनि अन्य सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्ने गरेको अनुसन्धानले देखाएको छ । यो भाइरसको संक्रमण भएको व्यक्तिसँगको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यो भाइरसको संक्रमण हुने गर्छ ।

    यो भाइरसबाट मृत्यु भएका १७ मध्ये अधिकांश वृद्ध पुरुष र अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका मानिस चीनले बताएको छ । अझै यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ ।

    ४) बच्ने उपाय

    अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । त्यसैले यसबाट बच्न विश्वभर सतर्कता अपनाइएको छ । तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ । यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो ।

    त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ ।

    यो भाइरस लागिहालेको खण्डमा सामान्य रुघाखोकीजस्तै पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.