गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पोखराको लेकसाइडबाट पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद गुरुङ विरुद्ध पक्राउ पुर्जी जारी गरे लगतै कास्की प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो । गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।
मनाङबाट आएका फुटवल खेलाडीहरुको व्यवस्थापनमा हेलचक्राई गरेको भन्दै सांसद गुरुङले मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई मञ्चमा नै मुक्का हानी डालेका थिए।
बुधबार एन्फाका कास्की अध्यक्ष गुरुङले गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध अन्तर्गत जाहेरी दिएका थिए।
अध्यक्ष गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङ प्रहरीले पक्राउ गरेको पुष्टी गरेको छ ।


