गोरखा समाचारदाता
विराटनगर – विराटनगरमा रहेको लर्डबुद्ध स्कुलको बस दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।
रंगेलीबाट विद्यार्थी बोकेर विराटनगर तर्फ आई रहेको मे. १ ख १४९० नम्बरको बस आज रामचोकमा दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भइ पल्टिदा ११ जना बिद्यार्थीहरु समेत घाईते भएका छन।
दुर्घटनामा विराटनगर १५ बस्ने वर्ष ३२ का सोही बसका सहचालक सानू साहको मृत्यु भएको छ । घाइते सबैको विराटनगरमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


