गोरखा समाचारदाता
काठमाडौं – मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिर्सोटमा अचेत भएका ८ जना भारतीयको ज्यान गएको छ ।
थाहानगरपालिका–४ को दामनस्थित रिसोर्टमा अचेत अवस्थामा भेटिएका भारतीय पर्यटकको राजधानीमा रहेको ह्याम्स अस्पतालमा उपचारको क्रममा ज्यान गएको अस्पतालले पुष्टी गरेको छ ।
उनीहरुलाई मकवानपुरबाट ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो । रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । सबै जना एउटै कोठामा सुतेका उनीहरु अचेज अवस्थामा भेटीएका थिए ।
१५ जनाको समूह दामन घुम्न गएका उनहरु मध्ये ७ जना भने अर्को होटलमा बास बसेका थिए ।




















