गोरखा समाचारदाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् संयुक्त रुपमा विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौँ र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट आज (मंगलबार) एकै समयमा स्वीच थिचेर चौकीको शुभारम्भ गरेका हुन् ।
उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिएका छन् ।
यो भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर पाउने उनले बताए ।




















