गोरखा समाचारदाता
काठमाडौं – उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् ।
उपसभामुख तुम्बाहाङफेले संसद सचिवालयमा आफनो राजिनामा बुझाएकी हुन । यसअघि प्रतिनिधि सभाको आजको बैठकलाई संबोधन गर्दै उनले प्रतिनिधि सभाको काम कारवाही सुचारु गर्नका लागि आफुले मार्ग प्रसस्त गर्ने निष्कर्षमा पुगेको बताएकी हुन् ।
उपसभामुख तुम्बाहाङफेको संबोधन पछि प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ । हिजो नेकपाले प्रतिनिधि सभाको रिक्त सभामुखका लागि सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उपसभामुख भएर काम गरेको आधारमा आफूले नै सभामुख पाउनुपर्ने दावी गर्दै तुम्बाहाङ्फेले पार्टी निर्णयलाई समेत चुनौती दिँदै राजीनामा दिएकी थिइनन् । यसअघि सचिवालय बैठकले उनलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो ।




















