गोरखा समाचारदाता
बुटवल – प्रदेश नं ५ को प्रदेशसभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।
सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो ।
काठमाडौँस्थित नर्भिक हस्पिटलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।




















