गोरखा समाचारदाता
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आईतबार साँझपख भएको नेकपा सचिवालयको बैठकले यो सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आइतबार विहान अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । सोही सहमतीलाई साँझ पख बसेको नेकपाको बैठकले अनुमोदन गरेको हो ।




















