गोरखा समाचारदाता
काठमाण्डौं – केही महिना देखीको रिक्त्त रहेको समामुख पदको टुगो लागेको छ । नेकपामा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अग्नी सापकोटालाई सभामुख बनाउन समहती जनाए पछि सभामुखको विवाद टुगिएको मानिएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच आइतबार बिहान नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको स्रोतको दावी छ ।
पुर्व एमालेका केही नेताहरुले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारे पछि प्रधानमन्त्रीसमेत ओली अप्ठ्यारोमा परेका थिए । दाहालले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो । सापकोटालाई सभामुख पदमा अनुमोदन गर्न आइतबार साँझ बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने तयारी नेकपाले गरेको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले सभामुखको टुंगो लगाउन लागेको हो । सभामुखमा तुम्बाहाङ्फेले पनि दाबी गर्दै आएकी थिईन । सापकोटा दाहाल निकट हुन ।




















