गोरखा समाचारदाता
मनाङ – मनाङ घुम्न गएका ४ जना चाईनिजहरु बेपत्ता भएका छन ।
अन्नपुर्ण राउण्डका लागि आएका उनीहरुले निस्याङ गाउँपालिका ९ मा रहेको एक्यापमा पौष २७ गते थ्रोङला र पासका लागि अनुमती लिएका थिए । उनीहरु दुवै स्थानमा नभेटिएको मनाङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरी चौकी हुन्देले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा २ महिला र २ पुरुष रहेका छन । पा.न. ईजी ११२९२६२ नम्बकी हुङ ईङविन, ईव ५२५६४८० नम्बरकी क्याट सिसु टिङ, ईसी ३४६७१० का मा गिङली र ई ६६८७०००५ का एन्ब जाद बेपत्ता भएका हुन ।
प्रहरी उनीहरुलाई अहिले पनि सो क्षेत्रमा खोजी गरी रहेको छ । बेपत्ता भएकाहरुलाई देख्ने जो कोहीले पनि प्रहरीलाई जानकारी गराईदिन अनुरोध समेत गरेको छ ।


