गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखा जाने मनास्लु पदमार्ग पहिरोका कारण अबरुद्व भएको छ ।
चुमुनुब्री गाउँपालिका ४ को नामरुङ क्षेत्रमा पर्ने बाटोमा पहाड माथिबाट आएको हिउँ पहिरोका कारण बाटो थुनिए पछि पदमार्ग अबरुद्व भएको हो ।
उत्त क्षेत्रमा केही साता अघी देखी हिउँ परी पहेको थियो । स्थानियका अनुसार पहाड माथीबाट खसेको हिउँ खोला सम्म पुगेको छ ।
पहिरो पन्छाउने बिषयमा स्थानिय र प्रहरीले छलफल बिच छलफल चलि रहेको छ । पहिरो हटाउन तथा थप सुरक्षा अपनाउनका लागि प्रहरी चौकी लार्केलाई परिचालन गरीको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रकास अधिकारीले बताए ।




















