- २० करोड घुस मागेको आरोप प्रक्ररण
गोरखा समाचारदाता
काठमाडौं – केही दिन अगाडी मात्रै कलेज अनुबन्धनकालागि आफु संग २० करोड घुस मागेको भन्दै सञ्चार माध्यममा आएका दुर्गा प्रसाईलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि भक्तपुर अदालतले पक्राउ गर्न अनुमति दिएको हो।
संघिय राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आफ्नो कलेजको अनुबन्धनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले भक्तपुर अदालतमा मानहानीको मुद्दा हालेका थिए ।
उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार रहेका छन् ।




















