गोरखा समाचारदाता
गोरखा – माघ २ अर्थात राष्ट्रिय भूकम्प दिवश । आज भन्दा ठिक ८६ बर्ष अगाडी गएको बिनाशकारी भूकम्पको सम्झना गर्दै दिवश मनाउन थालीएको हो ।
विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार नाराका साथ दिवस मनाउन लागिएको हो ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । यस अवसरमा आज गोरखा सदरमुकाममा पनि विभिन्न कार्यक्रम गरी २२ औं राष्ट्रिय भूकम्प दिवश मनाउन लागिएको छ ।


