गोरखा समाचारदाता
चितवन – देवघाट मेलाका लागि सुरक्षा दिएर फकर्ने क्रममा प्रहरीको सवारी दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने ३१ जना घाईते भएका छन ।
देवघाट मेलाबाट फर्कने क्रममा तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार सवारी दुर्घटनामा परेको हो । दुर्घटनामा परी प्रहरी जवान सन्दीप केसीको ज्यान गएको छ भने अन्य ५ जना प्रहरीको अवस्था गम्भीर छ ।
मेला सुरक्षाका लागि पोखराबाट आएको बा. १ ग २११८ नम्वरको सवारी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । उत्त गाडीमा ३४ प्रहरी सवार थिए ।


