गोरखा समाचारदाता
काठमाडौं – भारतका रक्षामन्त्री राजनाथ सिंह र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमा भेटवार्ता भएको छ ।
स्वास्थ्यमा समस्या आएर उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतिय जनता पार्टीका उपाध्यक्ष समेत रहेका सिंह बिच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । साथै सिंह र पौडेलका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको थियो ।


