- कुटपिट गर्ने सिर्मल प्रहरी नियन्त्रणमा
कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा बजारको रानीबन क्षेत्रमा कुटपिटबाट १ जना पुरुषको ज्यान गएको छ ।
गोरखा नगरपालिका ६ रानीबनको छाँप भन्ने स्थानमा रामबहादुर सिर्मलले कुटपिट गर्दा गोरखा नगरपालिका ८ थाकलडाडाँका गोपाल उपरकोटीको ज्यान गएको हो ।
मृक्तक उपरकोटी र कुटपिट गर्ने सिर्मल दुवै ससुरलीबाट फकर्ने क्रममा बाटोमा भेट हुदाँ सामान्य कुरामा विवाद भए पछि मुक्का मुक्की गरेको स्थानियले बताए । छाती तथा शरिरको विभिन्न भागमा मुक्का लागेको उपकोटी तत्कालै ढले पछि उनलाई गोरखाको अपोलो अस्पताल लगिएको भएता पनि उनलाई चिकित्सकहरुले मृक्त घोषित गरेका थिए ।
माघे संक्रान्तीका दिन आ–आफ्नो ससुरालीबाट फर्केका दुवैले मादक पदार्थ सवेन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
मृक्तकलाई अहिल पोष्ट मार्टमका लागि गोरखा अस्पताल ल्याईएको छ भने घटनामा संलग्न सिर्मललाई स्थानियको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिउसो ४ः३० बजे भएको उत्त घटना लगत्तै स्थानियले मृक्तक उपरकोटीलाई उपचारको लागि एम्बुलेन्स मार्फत अस्पताल लगेका थिए । मृक्तकको बाहिरी चोट नदेखिएका कारण भुईमा बजारीदा टाउकोको भित्री भागमा चोट लागेको अनुमान गरीएको छ ।


