गोरखा समाचारदाता
जनकपुर – जनकपुरमा मंगलबार बसले ठक्कर दिदाँ मोटर साईकलमा सवार २ जनाको ज्यान गएको छ ।
जनकपुरधाम–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँस्थित सडक खण्डमा मंगलबार मोडेल मल्टिपल कलेजको ज.१ क २८२ नम्बरको बसले ज. १० प ३५२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको जनकपुर प्रहरीले जानकारी दिएको हो ।
बसको ठक्करबाट ज्यान गुमाउनेहरुमा लक्ष्मीनियाँ ७ पर्सा पकडिया निवासी सन्तोष ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका अनवर राईको ज्यान गएको हो । दुबैको घट्नास्थलमै ज्यान गएको थियो ।
ठक्करबाट ज्यान गएपछि आक्रोशित भएका स्थानीयहरुले बसमा आगजनी गरेका थिए ।


