गोरखा समाचारदाता
गोरखा – गोरखा बसपार्क क्षेत्रबाट एक व्यक्तिको उद्धार गरिएको छ ।
मानव सेवा आश्रम गोरखाले बजार क्षेत्रमा भौतारिदै हिड्ने गरेका बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको रनचोक घर बताउने अम्बरबहादुर गुरुङलाई उद्धार गरेको हो ।
हासिरहने ब्यक्तीको रुपमा पचियन बनाएका गुरुङ्ग सडक पेटीमा वेवारिसे अवस्थामा बस्न थाले पछि आश्रमले सोमबार गोरखा नगरपालिका ७ का अध्यक्ष विष्णु श्रेष्ठ, आश्रमका अभिभावक ईश्वरकाजी मास्के, रञ्जिता श्रेष्ठ र सुन्दर श्रेष्ठको उपस्थितीमा गुरुङलाई उद्धार गरेको हो ।
उद्वार पछि गोरखा आश्रममा रहेका गुरुङ्ग खाना खादै
लामो समय देखि गोरखा बजार आसपासमा क्षेत्रमा भारी बोक्ने काम गर्दै आएका गुरुङ अशक्त भएपछि थला परेको सूचनाका आधारमा उद्धार गरिएको आश्रमले जानकारी दिएको छ । परिबारमा कोही पनि नभएको बताउने गुरुङ भारी बोकेर कमाएको पैसाले रक्सी खाएर सडकपेटीमा सुत्ने गर्थे । केही दिन यता बढेको चिसोले उनको स्वास्थ्य स्थिती नाजुक बनेको थियो ।
अहिले भारी बोक्न पनि नसक्ने अबस्थामा पुुगेका उनी मागेर गुजारा चलाउदै आएका थिए । उनलाई चितवनमा उपचार गरी चितवनकै आश्रममा राखिने गोरखा आश्रमले जनाएको छ ।



