गोरखा समाचारदाता
काठमाडौं – गायक निशान भट्टराइको कार दुर्घटनामा परी निधन भएको छ ।
सोमबार राति काठमाडौंको दरबारमार्गमा रहेको वान थाई रेष्टुरेन्टबाट आफ्नो नियमित प्रस्तुती सकेर फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गायक भट्टराईले दीर्घ सिंह बमको रचनामा पहिलो गीत ‘कामनाले भरिएको’ रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर’ का साथै ‘हेर धर्ती’ उनको अर्को लोकप्रिय गीत हो ।




















