गोरखा समाचारदाता
काठमाडौं – ठगी गरेको आरोपमा शिवानन्द स्वामी अर्थात दिपक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले सोमबार शिवानन्दलाई आफ्नै शिष्यहरुलाई ठगी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
महाशाखाकाले दिएको जानकारी अनुसार शिवानन्दले आफ्ना ४ जना शिष्यलाई चेक रिपब्लिक पठाई दिने भन्दै रकम असुलेका थिए । रकम असुलेकाहरुले महाशाखामा आफुलाई शिवानन्दले ठगेको भन्दै उजुरी परे पछि उनलाई नियन्त्रणमा लिएको हो ।




















