गोरखा समाचारदाता
धनुषा – धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’को हत्या आरोपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन् ।
जनकपुरधाम १ भानूचौक नजिकबाट प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई टिपरले किचेर हत्या गरिएको परिवारको आरोप छ ।




















