गोरखा समाचारदाता
गोरखा – गोरखाको भोगनेटनीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।
शहिद लखन गाउँपालिका १ को भोगटेनीमा रहेको एनसेन टावरमा शुक्रबार राती अज्ञात समूहले अगजनी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार शुक्रबार राती ११ः३० बजे टावरमा अज्ञात समुहले आगजनी गरिएको हो। आगजनीबाट टावरको लागि पावर सप्लाईका तारहरु जलेको छ । क्षतिको यंकिन विवरण भने अहिले सम्म पनि आउन सकेको छैन ।




















