गोरखा समाचारदाता
पोखरा –पोखरामा भएको सवारी दुर्घटनामा परी १ जना पुरुषको ज्यान गएको छ ।
सनिबार दिउसो १२ बजे तिर पोखरा महानगरपालिका १३ को आर्वा स्थित थापा चौतारा नजिकै उपल्लो गाउँबाट काहुँखोला तर्फ जादै गरेको ग.२ च ९८५ नम्बरको जिप दुर्घटना हुदा स्याङजा आधीखोला गाउँपालिका १ दरौ सिरुबारी घर भइ पोखरा महानगरपालिका १४ चाउथे बस्दै आएका लक्ष्मण भन्ने मनबहादुर सुनारको ज्यान गएको हो ।
जिप अनियन्त्रीत भई पल्टीदा जिपमा सवार सबै घाईते भएका थिए । घाईते मध्ये पनि सुनारको अवस्था गंभिर भए पछि उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाइएको भएता पनि उनलाई चिकित्सकहरुले १२ः३० बजे ति मृक्त घोषित गरेका थिए ।
दुर्घटनामा परी अन्य २ जना भने सामान्य घाईते भएको कास्की प्रहरीले जानकारी दिएको छ ।




















