गोरखा समाचारदाता
एजेन्सी – भारतको उत्तरप्रदेशमा रहेको कन्नौजमा ट्रक र बस एक आपसमा टोकिएर आगलागी हुदा २० जनाको ज्यान गएको छ ।
घटनामा परी अन्य २१ जना घाईते भएका छन । घाईते सबैलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि जादै थियो । सरकारले घाइतेको उपचारका लागि ५०/५० हजार र मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहतस्वरुप दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।


